३ फागुन,भद्रपुर, झापा। — केपी शर्मा ओलीले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको परिणाम नेपालमा पनि दोहोरिने दाबी गरेका छन्। राजधानी काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ तर्फ प्रस्थान गर्ने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बंगलादेशमा देखिएको राजनीतिक प्रवृत्ति नेपालमा पनि देखिने विश्वास व्यक्त गरे।
उनले बंगलादेशका निर्वाचन विजेतालाई बधाई तथा शुभकामना दिँदै त्यहाँको जनमतले दिएको सन्देश नेपाली मतदाताले पनि दिने बताए। सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरू पराजित भएको तथा आन्दोलनपछि उदाएका दलहरू सीमित सिटमा खुम्चिएको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले जनताको अन्तिम निर्णय मतपेटिकाबाटै आउने उल्लेख गरे।
“लोकप्रियताको हल्लाभन्दा संगठन, स्पष्ट नीति र स्थायित्वलाई जनताले प्राथमिकता दिन्छन्,” उनले भने, “जनताको निर्णय अन्ततः मतपेटिकाबाटै प्रकट हुन्छ।”
अध्यक्ष ओलीले देशमा निर्वाचनका लागि पूर्ण रूपमा ढुक्कको वातावरण अझै तयार नभएको टिप्पणी पनि गरे। पार्टी चुनावी तयारीमा सक्रिय रहे पनि समग्र राजनीतिक परिस्थिति स्थिर हुन बाँकी रहेको उनको भनाइ थियो। उनले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउँदै शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
यसअघि ओलीले झापा–५ अन्तर्गत कमल, गौरादह तथा गौरीगञ्ज क्षेत्रमा मतदातासँग भेटघाट गरेका थिए। आगामी दिनमा दमक केन्द्रित कार्यक्रम राखिएको बताउँदै सकेसम्म धेरै मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना रहेको जानकारी दिए। आगामी निर्वाचनमा आफ्नो पार्टीप्रति जनसमर्थन मजबुत रहने विश्वाससमेत उनले व्यक्त



















