सहिद दुर्गानन्द झा स्मारकस्थलमा मनिष झाद्वारा श्रद्धाञ्जली अर्पण

माघ १५, जनकपुरधाम।  वीर सहिद दुर्गानन्द झाको स्मृति दिवसका अवसरमा मनिष झाले जटहीस्थित सहिद दुर्गानन्द झा स्मारक द्वार तथा जनकपुर–२३ स्थित दुर्गानन्द झा स्मारक सोनासती माईस्थानमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
सो अवसरमा उनले सहिद दुर्गानन्द झाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै माल्यार्पण गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
मनिष झाले सहिदहरूको बलिदानले नै देशमा लोकतन्त्र र नागरिक अधिकारको आधार तयार भएको उल्लेख गर्दै उनीहरूको त्याग र आदर्शलाई सदैव स्मरण गर्नुपर्ने बताए। स्मारकस्थलमा दीप प्रज्वलन र मौनधारणसमेत गरिएको थियो।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more