सहिद दुर्गानन्द झा स्मृति दिवसमा काशीदेवी झालाई सम्मान

माघ १५, जनकपुरधाम। सहिद दुर्गानन्द झाको स्मृति दिवसका अवसरमा उहाँकी श्रीमती काशीदेवी झालाई सम्मान गरिएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार डा. राजीव झाले काशीदेवी झालाई शाल ओढाएर सम्मान व्यक्त गरेका हुन्।
कार्यक्रममा डा. झाले सहिद दुर्गानन्द झाले देश, लोकतन्त्र र समानताका लागि गरेको त्याग र बलिदान ऐतिहासिक र प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे। उनले शहीदहरूको बलिदानकै जगमा वर्तमान लोकतान्त्रिक व्यवस्था उभिएको बताउँदै उनीहरूको आदर्शलाई आत्मसात् गर्नु आजको आवश्यकता रहेको धारणा राखे।
काशीदेवी झालाई “जिउँदो सहिद” तथा त्याग र तपस्याको प्रतिमूर्तिका रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more