माघ १५, जनकपुरधाम। मधेश प्रदेश सरकारले रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णयअनुसार आउँदो माघ पूर्णिमाका दिन, मिति २०८२/१०/१८ गते आइतबार, प्रदेशभर सार्वजनिक बिदा रहने जनाइएको छ।
प्रदेश सरकारका अनुसार देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिपूर्वक मनाउने रविदास जयन्तीको सम्मानस्वरूप उक्त निर्णय गरिएको हो। सो दिन प्रदेश मातहतका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्था बन्द रहनेछन्।
यसअघि माघ १६ गते सहिद दिवसको सार्वजनिक बिदा तथा १७ गते शनिबार परेकाले मधेश प्रदेशमा लगातार तीन दिन सार्वजनिक बिदा पर्ने भएको छ।

















