नेपाली कांग्रेस विशेष महाधिवेशन : ३६ सय प्रतिनिधिका लागि होटल र खाना व्यवस्थापन

पुस २७, काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि करिब ३६ सय प्रतिनिधिहरूको आवास तथा खानाको व्यवस्था काठमाडौँका विभिन्न क्षेत्रमा गरिएको छ।
आवास तथा खाना व्यवस्थापन समितिका अनुसार पुस २८ गते प्रतिनिधिहरूका लागि बिहान ब्रेकफास्ट, दिउँसो मटन र बेलुकी चिकेनको व्यवस्था गरिएको छ। महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले होटल, भोजन तथा व्यवस्थापन पक्षलाई समन्वय गरिएको समितिले जनाएको छ।
प्रतिनिधिहरूले एक हजार रुपैयाँ शुल्क तिरेपछि बसोबास र खानाका लागि आवश्यक कुपन प्राप्त गर्नेछन्। सो कुपनमार्फत तोकिएका होटल तथा भोजनालयमा सेवा लिन सकिने व्यवस्था मिलाइएको छ।
समितिका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको संख्या, आवागमन र बसाइलाई ध्यानमा राखी सुरक्षा, सरसफाइ र समयमै खाना उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ। विशेष महाधिवेशनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जनाइएको

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more