जेनजी आन्दोलनमा ‘गोली चलाउन आदेश नदिएको’ तत्कालीन सीडीओ छवि रिजालको दाबी

मंसिर २५, काठमाडौ । जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायलाई वास्तविक गोली चलाउन आदेश दिएको आरोप खण्डन गर्दै काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले आफूले त्यस्तो निर्देशन कहिल्यै नदिएको दाबी गरेका छन्। अर्घाखाँचीका मकबुल मियाले विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमा उनले ढिलो गरी पेश गरेको लिखित जवाफमा यस्तो स्पष्टिकरण दिएका हुन्।

रिजालका अनुसार आन्दोलन चर्किंदै जाँदा भीड नियन्त्रणका लागि घुँडामुनि लक्षित गरी रबरको गोली चलाउन मात्र आदेश दिइएको थियो। उनका भनाइमा यसबाहेक प्रयोग गरिएको बलप्रयोग सुरक्षाकर्मीहरूको तत्कालीन परिस्थितिगत निर्णयमा आधारित थियो र आफूले त्यसका लागि कुनै पृथक् निर्देशन दिएको थिएन।

जेनजी आन्दोलनका क्रममा बलप्रयोगका मुद्दा, प्राणघातक गोली चलाइएको आरोप र मानवअधिकार उल्लंघनबारे प्रश्न उठ्दै आएको छ। सर्वोच्च अदालतमा दायर रिटमार्फत आन्दोलनताका भएको क्षति, जिम्मेवारी र निर्णय प्रक्रिया स्पष्ट पार्न माग गरिएको छ। सीडीओ रिजालको लिखित जवाफपछि मामलेको कानुनी र राजनीतिक बहस थप तीव्र हुने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more