आगजनीमा नगद जलेको हल्ला गलतः आरजु राणा देउवा

मंसिर २५, काठमाडौ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित आफ्नो निवासमा आगजनी हुँदा नगद जलेको भन्दै गरिएको दाबी पूर्णतः असत्य भएको स्पष्ट गरेकी छन्। उनले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमार्फत विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको जानकारीलाई आधारहीन तथा भ्रामक रहेको बताएकी हुन्।

राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी राणा देउवाले आन्दोलनका संवेदनशील क्षणमा समयमै सुरक्षा बैठक नबसेको कारण केही जनधनको क्षति भएको स्वीकार गरे पनि आफूविरुद्ध फैलाइएको प्रचारले वास्तविकता विपरीतको परिस्थितिमा धकेलेको बताइन्। उनका अनुसार, कुनै पनि प्रकारको नगद जलेको वा घरभित्र उक्त किसिमको रकम रहेकाे दाबी तथ्यहीन छ।

यसअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै घरमा भेटिएको भनिएको नगदबारे सार्वजनिक भइरहेका सामग्रीहरू एआई प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गरेका थिए। सम्बन्धित विषयमा सर्वोच्च अदालतमा दायर रिटमा आरजु राणा देउवा लगायत जिम्मेवार व्यक्तिहरूमाथि कारबाहीको माग गरिएको थियो

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more

    धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

    Read more