गाेपल सेवा समितिको ३४औं वार्षिक उत्सवमा प्रधानाध्यापक श्याम कुमार यादव सम्मानित

मंसिर २५, जनकपुरधाम।  गाेपल सेवा समिति केन्द्रीय कार्यालयले आफ्नो ३४ औं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न गर्दै श्री जनता माध्यमिक विद्यालय, नक्टाझिझ–मिथिला नगरपालिका–२ का प्रधानाध्यापक श्याम कुमार यादवलाई सम्मान गरेको छ। युवा, शिक्षा तथा सामुदायिक विकासका विविध क्षेत्रको उन्नतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवलाई प्रमाणपत्र सहित सम्मान प्रदान गरिएको हो।

समितिका पदाधिकारीहरूका अनुसार यादवले विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तरमा सुधार, स्थानीय युवाको क्षमता विकास तथा समुदायले प्राथमिकता दिएको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका कारण विशेष सम्मानका लागि चयन गरिएको हो। कार्यक्रमका वक्ताहरूले यादवको नेतृत्व र कार्यक्षमता मिथिला क्षेत्रका शैक्षिक संस्थाहरूका लागि प्रेरणादायी रहेको उल्लेख गरे।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more