ओलीलाई पक्राउ गर्ने हल्ला सरकार समर्थक समूहबाट फैलिएको आरोप – महेस बस्नेत

मंसिर २५, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्न खोजिएको भन्ने हल्ला सरकार पक्षीय समूहले नियोजित रूपमा फैलाइरहेको आरोप लगाएका छन्। उनले यस्तो कदम चाल्न “धर्तीमै कोही जन्मिएका छैनन्” भन्दै कडा चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बस्नेतले हाल चलिरहेका राजनीतिक गतिविधि र विवादहरू एमाले महाधिवेशनलाई लक्षित गर्दै गरिएका प्रयास भएको दाबी गरे। उनका अनुसार महाधिवेशन भाँड्ने उद्देश्यले सडक अवरोध गर्न खोजिएको छ। उनले कार्यकर्तासँग आवश्यकता परे बलपूर्वक भए पनि बाटो खोल्ने निर्देशन दिएका छन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई “जगविहीन” भन्दै बस्नेतले महाधिवेशनपछि नै यो सरकार ढल्ने दाबी पनि गरे। बस्नेतका अभिव्यक्ति एमाले नेतृत्वमाथि दाबी गरिएको दबाब र राजनीतिक तनाव बढिरहेको बेला आएका हुन्।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more