बिहारमा नीतीश कुमार १०औँ पटक मुख्यमन्त्री: बिहीबार सपथ ग्रहण हुने

मंसिर ३, पटना।  बिहारमा सरकार गठनको प्रक्रिया बिहीबारसम्म पूरा हुने भएको छ। मुख्यमंत्री नीतीश कुमारलाई बुधबार एनडीए विधायकल दलको नेता चयन गरिएको छ। उनी बिहीबार १० औँ पटक मुख्यमन्त्री पदको सपथ लिन लागेका छन्।

राजनीतिक सूत्रका अनुसार, एनडीए विधायकल दलको बैठकमा सर्वसम्मत रूपमा नीतीश कुमारलाई नेता चयन गरिएको हो। त्यसपछि राज्यपालसमक्ष सरकारी गठनको औपचारिक प्रक्रिया अगाडि बढाइने सहमति भएको बताइएको छ।

सपथ ग्रहण कार्यक्रम बिहीबार आयोजना गरिने छ र नयाँ मन्त्रिमण्डलको घोषणा हुने सम्भावना पनि रहेको छ। यससँगै नीतीश कुमार बिहारको मुख्यमन्त्री पदमा दसौँ पटक पदभार ग्रहण गर्न लागेका हुन्, जसले उनको लामो राजनीतिक करियर र स्थायित्वलाई देखाउँछ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more