सुनकाण्डको फाइल खुल्यो, पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

असोज २६, काठमाडौ । नेपालमा लामो समयदेखि थामिएको सुन तस्करी प्रकरणको फाइल फेरि खुलेको छ। आज बिहान केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार महराको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुँदै आएको सुन तस्करी प्रकरणमा जोडिएको थियो। दुई जना चिनियाँ नागरिकसँग उनको नियमित सम्पर्क र कल रेकर्ड को विवरणले उनको संलग्नता पुष्टि गरेपछि सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

महरामाथि २०७९ माघ १० गते Fly Dubai को Flight नं. FZ0587 मार्फत नेपाल आएका चिनियाँ नागरिक LI HANSONG र अर्का सहयोगीले ल्याएको ७३० थान इलेक्ट्रोनिक सिगरेट (Vapes) मार्फत सुन तस्करी गरिएको प्रकरणमा संलग्न भएको आरोप छ। सो भेप्सको मूल्य ८ करोड ५५ लाख रुपैयाँभन्दा बढी बराबरको सुन रहेको तथ्य सार्वजनिक भएको थियो।

उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा जफत गरी राखिएको थियो, तर पछि भन्सार स्टोरबाटै सुनसहितको भेप्स गायब भएपछि अनुसन्धान शुरु गरिएको थियो। यस प्रकरणमा भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्काले आफ्नो जिम्मामा रहेको सरकारी गोदामबाट उक्त सामान बिक्री गरेको पुष्टि भएपछि प्रहरी अनुसन्धान थप गहिरो बनाइएको थियो।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more