रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

२१ जेठ, काठमाडौं । रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार उनी ठगीको कसुरमा पक्राउ परेका हुन् । पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरु मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय भने विवाद आएको थियो ।

त्यसपछि करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध यादवले उजुरी दिएका थिए ।

सम्बन्धित समाचारहरु

इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

Read more

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

Read more

Leave a Reply