राष्ट्रिय मुक्ति पार्टी धनुषाको बैठक सम्पन्न, महत्वपूर्ण निर्णय सार्वजनिक

भदौ ९, जनकपुरधाम। रराष्ट्रिय मुक्ति पार्टी नेपालको धनुषा जिल्ला समितिको दुई दिनदेखि जारी तयारी बैठक सोमबार सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रिय उपाध्यक्ष डा. राजीव झा प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरी पार्टीका केन्द्रिय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, चुरे विशेष व्युरोका अध्यक्ष दिपक यादव तथा जिल्ला समन्वय समितिका पूर्व उपसभापति दिपक झा विशेष अतिथि रहेका थिए ।

बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । निर्णयअनुसार आगामी भाद्र १३ गते (शुक्रबार) दिउँसो १ बजे जनकपुरधामस्थित रौनियार धर्मशालामा जिल्ला कार्यसमिति विस्तार कार्यक्रम आयोजना गर्ने तय गरिएको छ । यस अवसरमा पार्टीसँग सम्बन्धित व्यक्ति तथा कार्यसमितिमा सक्रियतापूर्वक काम गर्ने इच्छुक सबैलाई उपस्थित रहन आह्वान गरिएको छ ।

त्यस्तै, बैठकले अर्को निर्णय गर्दै आगामी भाद्र २० गते हुने संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । सो अवसरमा धनुषा जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई सक्रिय सहभागिता जनाउन समेत आग्रह गरिएको छ ।बैठकमा पार्टीले अघि सारेको “बहुत राष्ट्रिय राज्य” को अवधारणालाई पुनः दोहोर्याउँदै, नेपालभित्र रहेका विविध भाषा, संस्कृति, जातीयता र पहिचानलाई समान हैसियतमा स्वीकार गर्ने र सबै समुदायलाई समान अधिकार तथा प्रतिनिधित्व दिलाउने प्रतिबद्धता जनाएको छ ।

 

  • सम्बन्धित समाचारहरु

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more

    गर्भवती मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

    Read more