राजगढमा प्रहरीको गोली लागेर युवकको मृत्यु

श्रावण २१, सप्तरी  ।सप्तरी जिल्ला अन्तर्गत राजगढ गाउँपालिका–२ कमलपुरमा भएको एक सशस्त्र झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ३५ वर्षीय लालु यादवको ज्यान गएको छ।

प्राप्त जानकारीअनुसार, भारतीय सीमासँग सटेको उक्त क्षेत्रमा ठुलो मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले ‘सर्च अपरेसन’ अर्थात् खोजी अभियान चलाएको थियो। सो क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद चर्किएर झडपको रुप लिएको हो।

प्रहरीलाई घेरा हालेर स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन आत्मरक्षाका लागि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो।

गोली लागेर घाइते भएका लालु यादवलाई उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्थामा लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने सुरक्षाको लागि थप प्रहरी बल परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more

    Leave a Reply