मधेसमा खानेपानी र सिँचाइका लागि ५०० डिप बोरिङ जडान गरिने- प्रम ओलि

श्रावण ९ , जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा उत्पन्न भइरहेको खानेपानी तथा सिँचाइ संकटलाई सम्बोधन गर्न तत्काल ५०० वटा डिप बोरिङ जडान गरिने घोषणा गरेका छन्।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथि निर्माण गरिएको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको आज एक समारोहबीच उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई केन्द्रमा राखेर सिँचाइ तथा खानेपानीको संकट समाधान गर्न सरकारले विशेष योजना ल्याउने बताएका हुन्।

प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, “पानी नपरेर सिँचाइ र खानेपानीको समस्या भएको कुरा म आफैंले देखिरहेको छु। तत्कालै ५०० वटा डिप बोरिङ जडान गरेर यो समस्या समाधानतर्फ कदम चालिन्छ।”

हालै तराई–मधेस क्षेत्रमा वर्षा नहुँदा हजारौं हेक्टर खेतमा साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। सिँचाइको विकल्प नभएको धेरै ठाउँमा किसानहरू खेत सुकेको देखेर निराश छन्। त्यसैगरी खानेपानीको पनि चरम अभाव देखिएको छ।

प्रधानमन्त्रीको घोषणालाई स्वागत गर्दै स्थानीय जनप्रतिनिधि र किसानहरूले समस्याको यथाशीघ्र समाधान होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली अहिले बारा र महोत्तरी जिल्लाको भ्रमणमा छन्। यसअघि बिहान सामाजिक सञ्जालमार्फत उनले तराई–मधेसमा सिँचाइ अभाव र वर्षा नपरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय किसानका पीडा बुझ्न आफू त्यहाँ गएको बताएका थिए।सरकारले केही दिनअघि खडेरीको अवस्थाबारे सहसचिवको नेतृत्वमा अध्ययन टोली पठाइसकेको छ भने अब प्रधानमन्त्री स्तरबाटै प्रत्यक्ष हस्तक्षेप सुरु भएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply