सिंहदरबारमा शिक्षकहरुको धर्ना

१५ असार, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग सहमति म्याद आज सकिंदैछ ।

महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो ।

सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ ।

समितिमा धेरै विषयको टुंगो लागिसकेको छ । सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।

शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको हो ।

समितिको बैठक पनि बिहानका लागि बोलाइएको छ ।

  • सम्बन्धित समाचारहरु

    गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

    Read more

    जनकपुरधाममा निषेधाज्ञा अन्त्य, सोमबारदेखि सबै गतिविधि सहज हुने

    Read more

    Leave a Reply