लक्ष्मिनिया गाउँपालिका को १३ औं गाउँ सभा सम्पन्न ,४७ करोड ७९ लाख ६४ हजार ६२५ को बजेट प्रस्तुत

असार ५, जनकपुरधाम । कासिकान्त झा – लक्ष्मीनिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि  गाउँसभा सम्पन्न गरेको छ। धनुषा जिल्लामै प्रथम गाउँ सभा गर्ने पालिका को रुपमा उदाहरण प्रस्तुत गर्न सफल भएको छ।

गाउँपालिकाको अध्यक्ष भोगेन्द्र मिश्रले गाउँसभामा आगामी वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक रूपमा प्रस्तुत  गरेका थिए।
कुल बजेट रु. ४७ करोड ७९ लाख ६४ हजार ६२५ बराबरको बजेट प्रस्तुत गरेको थियो ।लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रका अनुसार चालू आर्थिक वर्षका लागि कृषि, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको छ। अध्यक्ष मिश्रले कृषिमा अनुदान, सिँचाइ सुविधा, सडक विस्तार तथा ग्रामीण पूर्वाधारमा विशेष ध्यान दिइएको बताए।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply