शेयर बजार सामान्य अंक ले वृद्धि

अषाढ २, काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको छ ।दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से २ दशमलव ८६ अंकले बढेर २६ सय ५८ दशमलव ६६ को विन्दुमा पुगेको छ ।नेप्सेमा रहेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूह सर्वाधिक ४ प्रतिशत बढीले बढ्दा दिन वित्त उपसमूहको परिसूचक भने सर्वाधिक १ दशमलव २२ प्रतिशतले घटेको छ ।

पियोर इनर्जी र पिपुल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक साढे ७ प्रतिशत घटेको छ । १२४ वटा कम्पीनको शेयर मूल्य बढ्दा १२४ वटै कम्पनीको मूल्य भने घटेको छ । दिनभरमा ३१८ वटा स्टकको ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

करोबार रकमका आधारमा आज सानिमा माइ हाइड्रोपावरको सर्वाधिक ९५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply