श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर

जनकपुरधाम ।श्रीमतीमाथि जबरजस्ती करणी (वैवाहिक बलात्कार) गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एक पुरुषलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले जेठ १३ गते अभियुक्त श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको प्रक्रिया अघि बढाएको थियो।

श्रीमतीमाथि जबरजस्ती करणी (वैवाहिक बलात्कार) गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एक पुरुषलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले जेठ १३ गते अभियुक्त श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको प्रक्रिया अघि बढाएको थियो।

त्यसक्रममा जेठ २९ गते हुने पेसीमा सजाय पूर्वको प्रतिवेदन पेश गराउने आदेश दिइएको थियो। सोही आधारमा जेठको अन्तिम शुक्रबार (२०८२ जेठ ३१ गते) अन्तिम फैसला सुनाउँदै अदालतले छ महिनाको कैद र पीडित श्रीमतीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो।

यो मुद्दा पहिलो पटक २०७९ चैत २१ गते दर्ता गरिएको थियो, जब पीडित श्रीमतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलो पेसी बसेको थियो, जसमा अदालतले धरौटी माग गरेको थियो।

करीब ३६ पटकसम्म सुनुवाइ भएपछि बल्ल निष्कर्षमा पुगेको यस मुद्दाले वैवाहिक सम्बन्धभित्रको यौन जबर्जस्तीलाई कानुनी रूपमा कसरी हेरिन्छ भन्ने विषयमा गम्भीर सन्देश दिएको छ।

  • सम्बन्धित समाचारहरु

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    Leave a Reply