२४ जेठ, जनकपुरधाम। वाराणसी नगर निगमले शहरभित्रका मासु, कुखुरा र माछा पसलहरूलाई शहर बाहिर सार्ने निर्णय गरेसँगै धार्मिक तथा सांस्कृतिक नगर जनकपुरधाममा पनि यस्तै प्रकृतिका नियम लागू गर्ने विषय फेरि चर्चामा आएको छ।
जनकपुरधाममा मासु र मदिरा बिक्री–वितरणलाई नियन्त्रण वा निषेध गर्ने विषय विगतमा पटक–पटक उठ्दै आएको भए पनि संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको उदासीनताका कारण अहिलेसम्म ठोस कार्यान्वयन हुन सकेको छैन।
धार्मिक महत्व बोकेको जनकपुरधाममा यस्तो नीति आवश्यक रहेको आवाज नागरिक स्तरमा पनि उठ्ने गरेको छ। स्थानीयहरूका अनुसार, शहरको सांस्कृतिक पहिचान र धार्मिक वातावरण जोगाउन स्पष्ट नीति र कडाइका साथ कार्यान्वयन आवश्यक छ।
तर सरोकारवाला निकायबीच समन्वयको अभाव र नीतिगत स्पष्टता नहुँदा यो विषय लामो समयदेखि कागजमै सीमित रहँदै आएको छ।


















