२४ जेठ, जनकपुरधाम। — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम प्रथम नगर अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा ललन नायक नगर सभापतिमा निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार कुल १७७ मत गणना हुँदा नायकले १०५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र महासेठले ७२ मत प्राप्त गरेका छन्।
नगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको हो।
विजयपछि नायकले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै सदस्य तथा प्रतिनिधिहरूलाई धन्यवाद दिँदै संगठन विस्तार र जनताको अपेक्षा अनुरूप काम गर्ने बताएका छन्।
यता, पराजित उम्मेदवार महासेठले निर्वाचन परिणामलाई सम्मान गर्दै नव-निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
सम्बन्धित समाचारहरु
- Breaking News , राजनीति , समाचार
- ३ घण्टा अगाडि
- 23 views
- 0 minutes Read
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
Read moreछुटाउनुभयो कि?
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 23 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 78 views



















