राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, पुस १६ गते एकता घोषणा सभा

पुस ९, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच औपचारिक रूपमा एकता हुने भएको छ। दुवै दलबीच बुधबार एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएपछि लामो समयदेखि चर्चा हुँदै आएको एकता प्रक्रिया टुंगोमा पुगेको हो।
सहमति पत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार दुवै दल एकीकृत भएर एउटै राजनीतिक दलका रूपमा अघि बढ्नेछन्।
एकताको औपचारिक घोषणा सभा यही पुस १६ गते काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिने जनाइएको छ। घोषणा सभामा दुवै दलका शीर्ष नेताहरू, केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधि तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ।
एकतापछि राष्ट्रिय प्रजातान्त्रिक शक्ति अझ सुदृढ हुने र राजसंस्था, हिन्दु राष्ट्र तथा राष्ट्रियता जस्ता मुद्दालाई एकीकृत रूपमा अघि बढाइने नेताहरूले बताएका छन्। दुवै दलबीचको एकताले आगामी राजनीतिक समीकरण र चुनावी राजनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

    Read more

    भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    Read more