पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : एमटिपिएसको फराकिलो जित

पुस ९, जनकपुरधाम। — जनकपुरधाममा जारी पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा एमटिपिएस (MTPS) ले याज्ञवल्क्य ज्ञानकुञ्ज (GYANKUP) लाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
बारबिघा रंगभूमि मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमटिपिएसले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १८३ रनको बलियो योगफल तयार गरेको थियो। एमटिपिएसका किशन साहले ५० रनको आकर्षक अर्धशतक प्रहार गर्दै टोलीको इनिङ्स सम्हाले भने मनीष महतोले ४२ रनको योगदान दिए। बलिङतर्फ ज्ञानकुञ्जका सचिनले १ विकेट लिँदै ४१ रन खर्चिएका थिए।

१८४ रनको लक्ष्य पछ्याएको याज्ञवल्क्य ज्ञानकुञ्जको टोली ६९ रनमै अलआउट हुन पुग्यो। टोलीका लागि ललित मण्डलले सर्वाधिक १५ रन बनाए भने किशनले १० रन जोडे। एमटिपिएसका बलर मनीष महतोले उत्कृष्ट प्रदर्शन गर्दै ९ रन खर्चिएर ३ विकेट लिए। किशन साहले १९ रन खर्चेर २ विकेट लिँदै बलिङमा पनि प्रभाव जमाए।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

    Read more

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more