संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, राष्ट्रपतिबाट पुनर्विचारको आग्रह

२० बैशाख , काठमाडौ ।   राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै पुनर्विचार गर्न आग्रह गरेका छन्।
झन्डै दुई तिहाइ बहुमतसहितको सरकारले पछिल्लो सातामा आठवटा अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपतिले सो अध्यादेशमा भने आपत्ति जनाउँदै पुनः अध्ययन र छलफल आवश्यक रहेको संकेत दिएका हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार उक्त अध्यादेशका केही प्रावधानमा थप स्पष्टता र सहमति आवश्यक देखिएको ठहर गर्दै फिर्ता पठाइएको हो।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर राजनीतिक वृत्तमा चासो बढिरहेका बेला राष्ट्रपतिको यो कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ। परिषद्सँग सम्बन्धित नियुक्ति प्रक्रिया र संरचनामा प्रभाव पार्ने विषय भएकाले अध्यादेश विवादास्पद बन्न सक्ने आकलन गरिएको छ।
सरकारले भने अध्यादेशलाई आवश्यक सुधारसहित पुनः सिफारिस गर्ने तयारी गरेको बुझिएको छ। यस घटनाले कार्यपालिका र राष्ट्रपतिको भूमिकाबीचको सन्तुलन तथा संवैधानिक अभ्यासबारे बहसलाई थप तीव्र बनाउने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more