७ फागुन, काठमाडौ । नेकपा नेता गोपाल किराती ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले मतपेटिका नै साटिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई योजनाबद्ध रूपमा जिताइएको आरोप लगाएका हुन्।
किरातीले निर्वाचन प्रक्रियामा बाह्य शक्तिको संलग्नता रहेको दाबी गर्दै यसले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि प्रत्यक्ष असर पारेको बताएका छन्। उनले निर्वाचनको समग्र प्रक्रिया पारदर्शी नभएको उल्लेख गर्दै निर्वाचन आयोग नेपाल को भूमिकामाथि समेत प्रश्न उठाएका छन्।
“जनताको मतलाई विकृत बनाउने काम भएको छ,” किरातीको भनाइ उद्धृत गर्दै स्रोतहरूले जनाएका छन्, “निर्वाचनमा गम्भीर अनियमितता भएको छ, यसको निष्पक्ष छानबिन हुनुपर्छ।”
उनको यस अभिव्यक्तिपछि देशको राजनीतिक माहोल थप तातेको छ। विपक्षी दलहरूले निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै पुनः मूल्यांकनको माग गरिरहेका छन् भने सत्तापक्ष र रास्वपाका नेताहरूले भने जनमतको सम्मान गर्नुपर्ने धारणा राखेका छन्।
गोपाल किरातीको गम्भीर आरोप : ‘मतपेटिका साटेर रास्वपालाई जिताइयो’
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 20 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 30 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 34 views



















