केपी शर्मा ओली: निर्धारित समयमै निर्वाचन हुनुपर्छ

१० फागुन  ,काठमाडौ ।— नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन्। चुनाव स्थगित गराउने प्रयासहरू अझै भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए।
ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवार दुवै पक्षबाट ठूलो धनराशी खर्च भइसकेको उल्लेख गर्दै अन्तिम समयमा आएर चुनाव रोक्ने कुरा गर्नु उपयुक्त नहुने टिप्पणी गरे। “हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित हुन पनि सक्छ, त्यसका लागि प्रयास भइरहेका छन्। तर हामी अलमल नगरी चुनावको तयारी र विजयका लागि लाग्छौं,” उनले भने।
उनका अनुसार विगत ६ महिनादेखि आफूहरूले पहल गर्दा कसैले चासो नदिएको तर समय नजिकिँदै जाँदा चुनाव नहुने चर्चा उठाउनु उचित होइन। “देशको अर्बौं खर्च भइसकेको छ, उम्मेदवारहरूको पनि खर्च भइसकेको छ। अब चुनाव नहुने भन्नु उचित हुँदैन,” ओलीको भनाइ थियो।
यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगोमा उमालेको दूधजस्तै उम्लिएको टिप्पणी गरे। जित्ने सम्भावना कम देखेपछि अरूको झण्डा जलाउने, निहुँ खोज्ने र वातावरण बिथोल्ने गतिविधि सुरु गरेको आरोप समेत उनले लगाए।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more