धनुषा–३ मा कांग्रेस प्रवेश तीव्र, विमलेन्द्र निधिको समर्थनमा २० भन्दा बढी युवा समाहित

१ फागुन, जनकपुरधाम।  मधेश प्रदेश अन्तर्गत पर्ने धनुषा क्षेत्र नम्बर ३ मा निर्वाचन नजिकिँदै जाँदा पार्टी प्रवेशको क्रम बढ्न थालेको छ। उक्त क्षेत्रका उम्मेदवार तथा विमलेन्द्र निधिको समर्थनमा १५–२० जनाभन्दा बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
शुक्रबार जनकपुरधामस्थित ‘निधि निवास’मा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–५ र २३ का मुख्यतः मुस्लिम समुदायका युवाहरूलाई नेता निधिले पार्टीमा स्वागत गरेका हुन्। नवप्रवेशीहरूलाई माला पहिर्याउँदै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका निधिले युवाहरूलाई परिवर्तनका संवाहक बन्न आग्रह गरे। उनले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “आन्दोलनका रूपमा लिन” समेत आह्वान गरे।
“आजको पुस्ता प्रविधि र नयाँ सोचले सुसज्जित छ। कांग्रेसभित्र युवा ऊर्जा र अनुभवको संगम आवश्यक छ। तपाईंहरूको आगमनले पार्टी मात्र होइन, लोकतान्त्रिक आन्दोलनलाई पनि नयाँ उचाइ दिनेछ,” निधिको भनाइ उद्धृत गरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशलाई आगामी निर्वाचनका सन्दर्भमा धनुषा तथा समग्र मधेश प्रदेशमा कांग्रेस संगठन सुदृढ हुने संकेतका रूपमा हेरिएको छ। उल्लेखनीय रूपमा, तीन दिनअघि पनि ‘निधि निवास’मै आयोजित कार्यक्रममा केही युवा विद्यार्थी कांग्रेसमा प्रवेश गरेका थिए।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more