१ फागुन , जनकपुरधाम। जनकपुरधाम–१४ शहीदद्वार तथा भाटभटेनीदेखि उत्तरतर्फ आज शुक्रबार दिउँसो करिब २:३० बजेतिर दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा नसिम नामका एक जना गम्भीर घाइते भएका छन्।
पिराडी चोकबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनापछि स्थानीयवासीको सहयोगमा घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीद्वारा अनुसन्धान भइरहेको बताइएको छ।

















