२० चैत, काठमाडौ । नेपाल पत्रकार महासंघ ले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णयविरुद्ध सरकारलाई ३ दिनको अल्टिमेटम दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहसम्म जारी गरिएको परिपत्रप्रति आपत्ति जनाउँदै महासंघले सरोकारवालासँग छलफल गरेको हो।
महासंघ केन्द्रीय कार्यालयमा आयोजित उक्त छलफलमा सहभागीहरूले सरकारको निर्णयलाई विभेदकारी र एकाधिकार उन्मुख कदम भएको बताएका छन्। उनीहरूले उक्त परिपत्र तत्काल फिर्ता लिन माग गर्दै ३ दिनको समयसीमा तोकेका हुन्।
महासंघले चेतावनी दिँदै भनेको छ—यदि तोकिएको समयभित्र निर्णय फिर्ता नभए, सञ्चार क्षेत्रमाथि एकाधिकार लाद्ने प्रयासको विरोधमा आफूहरू कडा प्रतिवादमा उत्रन बाध्य हुनेछन्।
पत्रकार महासंघले प्रेस स्वतन्त्रता र मिडिया बहुलताको संरक्षणका लागि सबै पक्षलाई एकजुट हुन पनि आह्वान गरेको छ।
सरकारी परिपत्रविरुद्ध पत्रकार महासंघको ३ दिने अल्टिमेटम
- समाचार
- ६ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 54 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 33 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 88 views




















