वृद्धभत्ता उमेर बढाउने हल्ला निराधार, सरकारको कुनै तयारी छैन

२० चैत, काठमाडौ ।  प्रधानमन्त्रीको सचिवालय ले सामाजिक सञ्जालमा फैलिएको वृद्धभत्ता पाउने उमेर हद बढाइने भन्ने चर्चा पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेको छ।
सचिवालयका अनुसार सरकारमा हालसम्म उक्त विषयले औपचारिक रूपमा प्रवेश नै पाएको छैन। साथै, वृद्धभत्ता पाउने उमेर बढाउने सम्बन्धमा कुनै निर्णय गर्ने वा तयारी गर्ने सोचसमेत नभएको बताइएको छ।
हाल सामाजिक सञ्जालमा फैलिएका यस्ता समाचारहरू केवल अफवाह र भ्रामक सूचना भएको भन्दै सचिवालयले आधिकारिक पुष्टि नभएका हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सरकारले सामाजिक सुरक्षासम्बन्धी नीतिमा कुनै परिवर्तन गर्नुपरेमा आधिकारिक माध्यममार्फत स्पष्ट जानकारी दिने पनि सचिवालयले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more