रौतहटसहित तराईका जिल्लामा तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

२१ चैत, रौतहट । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आज (शनिबार) देशका तराई भूभागहरूमा अपरान्हपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाउँदै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार मधेश प्रदेशका बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लासहित लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा विशेषगरी रातिको समयमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
यस प्रकारको हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
संभावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई अनावश्यक रूपमा खुला स्थानमा नबस्न, कमजोर संरचनाबाट टाढा रहन तथा आपत्कालीन अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more