गृहमन्त्री गुरुङको स्टाटसले उठायो सुरक्षा र राजनीतिक हस्तक्षेपबारे बहस

२२ चैत, काठमाडौ ।— गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा लेखेको एक छोटो स्टाटसले यतिबेला राजनीतिक तथा सुरक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने उनको अभिव्यक्तिपछि यसको अर्थ र सन्देशबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको हो।
उक्त अभिव्यक्तिलाई धेरैले विगतमा सुरक्षाकर्मीमाथि भएको नियन्त्रण, दबाब वा राजनीतिक हस्तक्षेपप्रति संकेतका रूपमा बुझेका छन्। विश्लेषकहरूका अनुसार लामो समयसम्म सुरक्षा निकाय स्वतन्त्र रूपमा काम गर्न नपाएको, तथा निर्णय प्रक्रियामा बाह्य प्रभाव परेको सन्देश यसबाट झल्किएको देखिन्छ।
यस्तै, केहीले यसलाई वर्तमान सरकारको सुधार प्रयासतर्फ लक्षित अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार गृहमन्त्रीले सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउन खोजेका हुन्।
तर, गृहमन्त्री गुरुङले उक्त स्टाटसको स्पष्ट व्याख्या भने अहिलेसम्म गरेका छैनन्। छोटो तर अर्थपूर्ण भनाइले भने सुरक्षा प्रणाली, राजनीतिक हस्तक्षेप र आवश्यक सुधारबारे व्यापक बहस सुरु गराएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more