काठमाडौंमा सर्च अपरेशन: गुण्डागर्दी, ठगी र बिचौलियामा संलग्न १९५ जना पक्राउ

२१ चैत, काठमाडौ ।  — नेपाल प्रहरी ले राजधानीमा सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरेको विशेष सर्च अपरेशनका क्रममा गुण्डागर्दी, ठगी तथा बिचौलियामा संलग्न १९५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं का प्रमुख एसएसपी रमेश थापा का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ क्षेत्रबाट ती व्यक्तिहरूलाई रातभरि सञ्चालन गरिएको अपरेशनमार्फत नियन्त्रणमा लिइएको हो।
एसएसपी थापाले ठमेल, विमानस्थल लगायतका क्षेत्रहरूमा यात्रु तथा सर्वसाधारणलाई लक्ष्य बनाएर मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न तथा विभिन्न प्रकारका बिचौलिया गतिविधिमा सक्रिय व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूमाथि आगामी दिनमा कानुनी प्रक्रिया अगाडि बढाइने समेत बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more