रास्वपाको कडा सन्देश : राजनीतिक नियुक्ति पाएकालाई पद त्याग्न आग्रह, नमाने निलम्बन

७ फागुन , काठमाडौ ।  नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि राजनीतिक आधारमा नियुक्ति पाएका व्यक्तिहरूलाई पद त्याग्न आग्रह गरेको छ।
नयाँ जनादेशअनुसार काम गर्न पुराना संरचना परिवर्तन आवश्यक रहेको भन्दै रास्वपाले यस्तो कदम अघि सारेको हो। पार्टीका प्रवक्ता मनिष झा का अनुसार स्वेच्छाले पद नछाडे सरकार गठनलगत्तै निलम्बन प्रक्रिया सुरु गरिनेछ।
उनका अनुसार नेपाल राष्ट्र बैंक का गभर्नर, विभिन्न देशका राजदूत, विश्वविद्यालय तथा अन्य सरकारी संस्थानहरूमा करिब ११ सय ७० भन्दा बढी राजनीतिक नियुक्तिहरू रहेको अनुमान गरिएको छ। रास्वपाले अब मेरिट र क्षमताका आधारमा नयाँ नियुक्ति गर्ने दाबी गरेको छ।
यता, पदमा रहेका केही व्यक्तिहरूले आफूहरूलाई हटाउन खोजिए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्। यसैबीच पूर्वसचिव शारदाप्रसाद त्रिताल ले राजनीतिक मात्र नभई अदालत र संवैधानिक निकायमा भएका नियुक्तिहरू पनि खारेज गर्नुपर्ने धारणा राखेका छन्।
रास्वपाको यस निर्णयले प्रशासनिक संरचनामा व्यापक फेरबदलको संकेत गरेको छ भने आगामी दिनमा यस विषयमा कानुनी तथा राजनीतिक बहस अझ तीव्र हुने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more