१७ बैशाख , काठमाडौ । — राष्ट्रपति रामचन्द्र पौडेल ले अर्को अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्।
यसअघि आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए। पछिल्लो समय सरकारबाट पठाइएका अध्यादेशहरूबारे सक्रिय छलफल भइरहेका बेला एकै दिन दुई अध्यादेश जारी गरिएको हो।
यद्यपि, सरकारले यसअघि पठाएका चार वटा अन्य अध्यादेश भने अझै स्वीकृत हुन बाँकी रहेको छ। अध्यादेशहरूबारे निर्णय लिनुअघि राष्ट्रपतिले आजै कानुनविद्हरूसँग परामर्श समेत गरेका थिए।



















