राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनासहित राप्रपाले सार्वजनिक गर्‍यो संकल्पपत्र

२ फागुन , काठमाडौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाउँदै आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ।
पार्टीले सार्वजनिक गरेको संकल्पपत्रमा राजसंस्थालाई अभिभावकीय संस्थाका रूपमा पुनर्स्थापना गर्ने र नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस्तै, हालको प्रदेश संरचना खारेज गरी दुई तहको शासन व्यवस्था लागू गर्ने योजना पनि अघि सारिएको छ।
राप्रपाले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ। साथै, स्थानीय तहमा गैरदलीय प्रणाली लागू गर्ने अवधारणा पनि संकल्पपत्रमा समेटिएको छ।
सामाजिक क्षेत्रतर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षाको पहुँच सुनिश्चित गर्ने र सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने लक्ष्य राखिएको छ।
पार्टीले नेपाल बन्दको संस्कृति स्थायी रूपमा अन्त्य गर्ने, जलस्रोत, पर्यटन र कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य आधार बनाउने तथा सूचना प्रविधिमा आधारित आधुनिक शासन प्रणाली विकास गर्ने योजना पनि अघि सारेको छ।
त्यसैगरी, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    महमदपुरमा कांग्रेसको ‘अवैध रजिष्टर’ घुमाइएको भन्दै सक्रिय सदस्यको आपत्ति

    Read more

    प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान

    Read more