बालेन शाहको घोषणा: विजय जुलुस हुँदैन, मतगणना स्थल पनि नजाने

२२ फागुन, काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री K. P. Sharma Oliलाई भारी मतान्तरले पछाडि पारेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता Balen Shahले विजय जुलुस नगर्ने घोषणा गरेका छन्।
आज बिहान श्री एयरलाइन्सको उडानमार्फत विराटनगर ओर्लिएका शाहले समर्थकको भीडभाड, होहल्ला तथा मतगणनामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले आफू मतगणना स्थलसमेत नजाने बताएका छन्।
उनले सामाजिक सन्देशमार्फत विजयोत्सव मनाउनुको सट्टा सीधै काममा लाग्ने बताए। शाहको यो निर्णयलाई नयाँ राजनीतिक संस्कारको संकेतका रूपमा लिइएको छ।
निर्वाचनमा जित सुनिश्चितजस्तै बनेका शाहको यो शैलीलाई उनलाई जिताउने मतदातासहित अन्य धेरैले पनि प्रशंसा गरेका छन्। समर्थकहरूले अनावश्यक भीडभाड नगरी शान्तिपूर्ण वातावरणमा मतगणना सम्पन्न हुन दिनुपर्ने भन्दै उनको निर्णयलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्।
यसअघि पनि सार्वजनिक पदमा रहँदा सरल र फरक कार्यशैलीका कारण चर्चामा रहेका शाहले चुनावी जितपछि पनि त्यही शैलीलाई निरन्तरता दिने संकेत गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more