प्रारम्भिक मतपरिणामले शीर्ष नेतामा झट्का, झापा–५ मा ओली पछि

२२ फागुन, काठमाडौ ।  प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाले देशका शीर्ष राजनीतिक नेताहरूलाई नै झस्काएको छ। विभिन्न निर्वाचन क्षेत्रमा आएको सुरुवाती परिणामले अपेक्षाभन्दा फरक संकेत देखिएको छ।
झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पछाडि पारेका छन्। प्रारम्भिक मतगणनामा शाहले अग्रता लिँदै चुनावी समीकरणलाई अप्रत्याशित बनाएका छन्।
यस्तै चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि देखिएका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल भने प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा खुम्चिएका छन्।
यता नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार रहेको क्षेत्रमा भने मतगणना सुरु हुन बाँकी छ। तर देशभर देखिएको रास्वपाको लहरले ती क्षेत्रका शीर्ष नेताहरूलाई समेत दबाबमा पारेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
प्रारम्भिक नतिजाले नयाँ राजनीतिक शक्तिको प्रभाव बढ्दै गएको संकेत गरेको भन्दै आगामी मतपरिणामले समग्र चुनावी परिदृश्यलाई थप रोचक बनाउने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more