बालेनको नजर झापामा, ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धाको आन्तरिक तयारी

पुस ८, काठमाडौ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा जिल्लाबाट उम्मेदवारी दिने सम्भावनाबारे आन्तरिक तयारी थालेका छन्। बालेन निकट स्रोतका अनुसार उनी पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापाबाट प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने मनस्थितीमा पुगेका हुन्।
स्रोतका अनुसार हाल अनौपचारिक छलफल र राजनीतिक मूल्यांकनको चरणमा रहेका बालेनले राष्ट्रिय स्तरको राजनीतिमा सशक्त हस्तक्षेप गर्ने रणनीति अघि बढाइरहेका छन्। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको राजनीतिक समन्वय र समझदारी सकारात्मक रूपमा टुंगिएमा बालेन झापाबाटै उम्मेदवारी दिने सम्भावना बलियो देखिएको छ।
झापा एमालेको प्रभावशाली आधार क्षेत्र मानिन्छ भने केपी शर्मा ओली लामो समयदेखि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। यस्तो अवस्थामा बालेनको सम्भावित उम्मेदवारीले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने आंकलन गरिएको छ।
काठमाडौं महानगरमा मेयरको रूपमा विवादरहित नभए पनि स्पष्ट र आक्रामक प्रशासनिक शैलीका कारण चर्चामा रहेका बालेन पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिन थालेका छन्। उनी स्वयंले अहिलेसम्म प्रतिनिधिसभा निर्वाचनबारे सार्वजनिक रूपमा धारणा व्यक्त गरेका छैनन्।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more