तोडियो संवादहीनता : साढे तीन महिनापछि प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेता एकै ठाउँमा

पुस ८, काठमाडौ ।— लामो समयदेखि देखिएको राजनीतिक संवादहीनता अन्ततः तोडिएको छ। साढे तीन महिनापछि प्रधानमन्त्री तथा प्रमुख दलका शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको हो।
भेटमा मुख्य रूपमा मुलुकको समग्र राजनीतिक अवस्था, पछिल्लो समय देखिएको राजनीतिक गतिरोध तथा आगामी निर्वाचनबारे कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

लामो समयदेखि औपचारिक संवाद हुन नसकेको अवस्थामा शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल हुनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more