हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै श्री राम युवा कमिटीद्वारा पीडितलाई न्यायको माग

१६ साउन, जनकपुरधाम। श्री राम युवा कमिटीले कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा मधेश प्रदेशको सिरहाको गोलबजारलगायत तराई–मधेशका विभिन्न जिल्लामा भएका संवेदनशील र दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कमिटीका अध्यक्ष सरोज कुमार साहद्वारा जारी विज्ञप्तिमा घटनाले सिर्जना गरेको तनावपूर्ण अवस्थाप्रति दुःख व्यक्त गर्दै सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिरहाका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते भएका सबै नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
विज्ञप्तिमा नेपाल सरकार तथा स्थानीय प्रशासनसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।
कमिटीले आमनागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व, विभिन्न संघ–संस्था, क्लब तथा सरोकारवाला सबै पक्षलाई संयम अपनाउन र उद्योग, व्यवसाय तथा निजी एवं सार्वजनिक सम्पत्तिमा कुनै क्षति पुग्न नदिन अनुरोध गरेको छ।
विज्ञप्तिमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सरकारसमक्ष मागसमेत गरिएको छ।
कमिटीले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै आपसी सद्भाव, सामाजिक सहिष्णुता र समन्वय कायम राख्न तथा संवादमार्फत शान्तिपूर्ण समाधान खोज्न सबै पक्षसँग हार्दिक अपिल गरेको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा कर्फ्यु अन्त्य, निषेधाज्ञा भने यथावत्

    Read more

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more