२४ बैशाख , काठमाडौ । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले संवैधानिक परिषद्ले बिहीबार गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति गम्भीर असहमति जनाएकी छन्। परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनले विधि, परम्परा र वरिष्ठताको मर्मविपरीत निर्णय भएको टिप्पणी गरेकी हुन्।
कार्कीले कामु प्रधानन्यायाधीशसमेत रहेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल नै उक्त पदका लागि सक्षम र योग्य रहेको बताइन्। उनले एक योग्य तथा अनुभवी महिलालाई नेतृत्वबाट रोक्ने प्रयास गरिएको आरोप लगाउँदै त्यसको परिणाम वर्तमान सरकारले नै भोग्नुपर्ने चेतावनी दिइन्।
“यति योग्यताले भरिएको महिला, यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा ? यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ,” कार्कीले भनिन्।
उनले राज्यका सबै निकायमा वरिष्ठता र प्रक्रियाको सम्मान हुनुपर्ने उल्लेख गर्दै न्यायपालिकामा पनि क्रमशः अनुभव र योग्यताका आधारमा नेतृत्व चयन हुने परम्परा रहेको बताइन्। “प्रहरीमा पनि त सिपाहीदेखि क्रमशः प्रमोसन हुँदै माथि पुगिन्छ। न्यायाधीशको हकमा पनि त्यही प्रणाली लागू हुन्छ,” उनले भनिन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले आफू प्रधानन्यायाधीश हुँदा विश्वकै तेस्रो महिला प्रधानन्यायाधीशका रूपमा चर्चा भएको प्रसंग स्मरण गर्दै अहिलेको निर्णयले महिला नेतृत्वप्रतिको संवेदनशीलता नदेखाएको टिप्पणी गरिन्।
उनले सपना प्रधान मल्लले जीवनभर कानुनी अभ्यास, महिला अधिकार तथा कानुन निर्माण प्रक्रियामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै देशमा महिला सम्बन्धी कानुन निर्माणमा उनको भूमिका उल्लेखनीय रहेको बताइन्।
प्रधानन्यायाधीश सिफारिसप्रति सुशीला कार्कीको असन्तुष्टि, ‘योग्य महिलामाथि अन्याय भयो’
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 47 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 29 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 82 views



















