लाइसेन्स, ब्लूबुक र साँचो जफत नगर्न सर्वोच्चको आदेश

१८ बैशाख , काठमाडौ ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लङ्घनको नाममा चालकको लाइसेन्स, ब्लूबुक र सवारीको साँचो जफत नगर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेल को संयुक्त इजलासले यस्तो कार्य गैरकानूनी ठहर गर्दै ट्राफिक प्रहरीलाई आफ्नो अधिकार सीमाभित्र रहेर मात्र कारबाही गर्न स्पष्ट निर्देशन दिएको हो।
अदालतले ट्राफिक प्रहरीद्वारा लाइसेन्स, सवारी धनी प्रमाणपत्र (ब्लूबुक) तथा साँचो नियन्त्रणमा लिनु ‘अधिकार क्षेत्रको दुरुपयोग’ भएको ठहर गरेको छ। कानुनका विद्यार्थी विवेक चौधरी ले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो।
आदेशमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उल्लेख गर्दै ट्राफिक प्रहरीलाई नियम उल्लङ्घन गर्ने चालकलाई तत्काल जरिवाना गर्ने वा जरिवाना तिर्न नसके २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दिने अधिकार मात्र रहेको स्पष्ट गरिएको छ। त्यसबाहेकका कार्य कानुनी रूपमा मान्य नहुने अदालतको ठहर छ।
त्यस्तै, सरकारले सञ्चालनमा ल्याएको नागरिक एप को सन्दर्भ जोड्दै अदालतले डिजिटल प्रणाली उपलब्ध हुँदाहुँदै भौतिक कागजात जफत गर्नु झनै अनुपयुक्त भएको उल्लेख गरेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more