कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

१४ बैशाख , काठमाडौ । कक्षा १२ को परीक्षा आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा करिब ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुँदैछन्।
आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकै समयमा परीक्षा सञ्चालन भएको हो। बोर्डले परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाएको छ। साथै, परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगावै केन्द्रमा उपस्थित हुन आग्रह गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ। परीक्षाको निष्पक्षता र व्यवस्थापनमा कुनै कमी नआउने गरी आवश्यक सबै तयारी पूरा गरिएको बोर्डको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    यस्तो छ मधेश सरकारको बजेट (पूर्णपाठ)

    Read more

    अमेरिका–इरान युद्ध अन्त्यको सहमतिपछि एशियाली बजार उकालो, तेलको मूल्य घट्यो

    Read more