२३ फागुन, जनकपुरधाम। प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका धनुषा–३ का नवनिर्वाचित सांसद मनिष झाले नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिसँग भेट गरेका छन् ।
झा निधिको मिल्स एरिया स्थित निवासमै पुगेर भेटघाट गरेका हुन् । निर्वाचनमा झा र निधिबीच कडा प्रतिस्पर्धा भएको थियो । झा २७ हजार ६५२ मतको अन्तरले निधिलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
भेटपछि झाले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब सबैले मिलेर जनकपुरधाम तथा धनुषाको विकासमा काम गर्नुपर्ने बताएका छन् । विकासका काममा निधिको अनुभव महत्वपूर्ण हुने उनको भनाइ थियो ।
झाले अग्रज नेतासँग भेटेर आशीर्वाद लिनु आफूका लागि सकारात्मक हुने पनि बताए । उनले राजनीतिक प्रतिस्पर्धा भए पनि सम्बन्ध र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 24 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 34 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















