धनुषा–३ बाट रास्वपाका मनिष झा निर्वाचित

२३ फागुन, जनकपुरधाम।  मधेश प्रदेश अन्तर्गत धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार झाले ४३ हजार १८८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले १६ हजार ६५२ मत प्राप्त गरेका छन्। झा र निधिबीच २७ हजार ६५२ मतको अन्तर रहेको छ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार जुली कुमारी महतो (महासेठ)ले ९ हजार ७८६ मत प्राप्त गरेकी छन्। नेकपा उम्मेदवार रामललित मण्डलले ७०९ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी नेपालका परमेेश्वर साह सुडीले ५०० मत पाएका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार रोशन यादवले ४२६ मत र दिवाकर कुमार साहले ३९८ मत प्राप्त गरेका छन्।
यससँगै धनुषा–३ मा रास्वपाले जित दर्ता गर्दै प्रतिनिधिसभामा नयाँ प्रतिनिधि पठाएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more