२२ फागुन , जनकपुरधाम । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार बनेका पत्रकार Dibakar Sahको जमानत जफत भएको छ।
Rastriya Swatantra Partyबाट टिकट नपाएपछि ‘आम’ चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका साह भारी मतान्तरले पराजित भएका हुन्। अपेक्षाअनुसार मत नपाएपछि उनको जमानतसमेत जफत भएको निर्वाचन स्रोतले जनाएको छ।
संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका साहको सपना अधुरै बनेपछि उनी फेरि आफ्नो पुरानो पेसा पत्रकारितामै फर्किएका छन्।
चुनावअघि साहले Sushila Karki नेतृत्वको सरकारलाई बिना प्रमाण विदेशी शक्तिले बनाएको सरकार भन्दै चर्को आलोचना गर्दै आएका थिए। चुनावी अभियानका क्रममा उनले सरकारविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका थिए।
तर निर्वाचन परिणामले भने उनको राजनीतिक यात्रा पहिलो प्रयासमै अवरुद्ध भएको देखिएको छ।
धनुषा–३ मा दिवाकर साहको जमानत जफत, हारपछि फेरि पत्रकारितामा फर्किए
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 24 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 34 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















