२३ फागुन, काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसको भोलिपल्ट भएको विध्वंसबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
आयोगका पदाधिकारीहरू अहिले प्रतिवेदनलाई अन्तिम रूप दिन सिंहदरबारस्थित कार्यालयमा बसेर काम गरिरहेका छन्। प्रतिवेदनमा कुनै त्रुटि वा कमजोरी रहे–नरहेको जाँच्ने (रुजु गर्ने) काम भइरहेको आयोग स्रोतले जनाएको छ।
आयोगका एक पदाधिकारीका अनुसार सबै प्रक्रिया मिलेसम्म आज साँझ नै प्रतिवेदन बुझाउने प्रयास भइरहेको छ। “प्रतिवेदन लेखनका क्रममा भएका विवरणहरू अन्तिम पटक जाँचिरहेका छौं। आजै सम्भव भए बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइनेछ,” उनले बताए।
अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाण र कागजातहरूलाई वर्गीकरण गरी आयोगको सचिवालयले शिलबन्दी गर्ने काम पनि भइरहेको छ। ती सबै प्रमाणसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने बताइएको छ।
गत २३ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायको दमन तथा त्यसपछिको घटनाक्रमबारे छानबिन गर्न सरकारले पूर्वविशेष अदालत अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।
आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा भएका घटनाबारे जिम्मेवारी निर्धारण र आवश्यक सिफारिस प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्म बुझाइने
- Breaking News, समाचार
- ७ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 27 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 35 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















