धनुषा–३ मा रास्वपा उम्मेदवार मनिष झाले गरे मतदान

२१ फागुन, जनकपुरधाम।  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मनिष झा ले धनुषा–३ मा रहेको स्टेसनस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार झाले बिहीबार बिहान मतदान केन्द्र पुगेर आफ्नो मत खसालेका हुन्। मतदानपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोटो प्रतिक्रिया दिँदै “सकारात्मक परिणाम सहितको परिवर्तनको लागि मतदान” गरेको उल्लेख गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका झा चुनावी अभियानका क्रममा घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै आएका थिए।
देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहानदेखि मतदान जारी रहेको छ। विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more