बालेन शाहले खसाले मत, मतदानपछि झापा–५ जाने कार्यक्रम

२१ फागुन, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आफ्नो मत खसालेका छन्।
उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूल मा रहेको मतदान केन्द्रमा पुगेर बिहीबार बिहान मतदान गरेका हुन्। बिहान करिब साढे ७ बजे मतदान केन्द्र पुगेका उनले निर्धारित प्रक्रिया पूरा गर्दै आफ्नो मत खसालेका थिए।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै शाहले निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै झापा जिल्ला को झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। मतदान सम्पन्न गरेपछि उनी आजै आफ्नो उम्मेदवारी रहेको निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहानदेखि मतदान जारी रहेको छ। विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more